Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७८ भदौ १० बिहीबार १२:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ भदौ १० बिहीबार १२:४५:००

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन्। शेरधन राईले पदबाट राजीनामा दिएसँगै आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। आज बिहान एमाले प्रदेश १ संसदीय दलले आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको थियो।  उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका छन्।

९३ सदस्यीय प्रदेश सभामा एमालेका प्रस्ट बहुमत छ। प्रदेश सभामा एमालेका ५२ जना सांसद रहेका छन्। यसअघि एमालेले बागमती प्रदेशमा पनि मुख्यमन्त्री हेरफेर गरेको थियो। डोरमणि पौडेलले राजीनामा दिएपछि बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई नियुक्त गरिएको थियो।