१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ भदौ १० बिहीबार १०:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस जिल्ला सभापतिको अनशन दोस्रो दिन पनि निरन्तर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ भदौ १० बिहीबार १०:३७:००

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको रिले अनशन दोस्रो दिन पनि निरन्तर हुने भएको छ। क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिनुपर्नेलगायतका तीनबुँदे मागसहित पार्टी कार्यालय सानेपामा बुधबारबाट सुरु भएको पौडेल पक्षधर जिल्ला सभापतिहरूको अनशनले बिहीबार पनि निरन्तरता पाउने भएको हो । 

बिहीबार सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामा, तनहुँ जिल्ला सभापति वैकुण्ठ न्यौपाने, सुर्खेत जिल्ला सभापति कमल रेग्मी, नेविसंघका नेताहरू  प्रमोदहरि गुरागाईं र मनोज आचार्य अनशन बस्ने भएका छन्। नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले नेतृत्वले अनशन तोडाउने सम्बन्धमा कुनै पहल नगरेकाले अनशन निरन्तर हुने बताए। ‘अहिलेसम्म नेतृत्वबाट माग पूरा गर्नेबारे कुनै प्रस्ताव आएको छैन। माग पूरा नभएसम्म अनशन जारी रहन्छ,’ केसीले नयाँ पत्रिकासँग भने। 

पौडेल पक्षधर जिल्ला सभापतिहरूले माग पूरा नभएपछि मंगलबार धर्ना र बुधबारबाट अनशन सुरु गरेका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेताहरू अनशनस्थलमा पुगेर ऐक्यबद्धता जनाएका थिए।

बुधबार काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, नुवाकोटका सभापति केसी, धादिङ जिल्ला सभापति रमेश धमला, रञ्जित कर्ण  र डिल्लीराम सुवेदी अनशनमा सहभागी बनेका थिए।