मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ८ मंगलबार ०६:४७:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ८ मंगलबार ०६:४७:००

 नेपाली बक्सिङखेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गरेका छन् । युएईमा जारी एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार सम्पन्न खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गरेका हुन् । 

जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ब्यान्टम ५४ किलोतर्फ क्वार्टरफाइनलमा ५–० अंकले हराउँदै सेमिफाइनल प्रवेश गरेको युएईमा नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टले जानकारी दिए ।  यस्तै जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवाले पनि पदक पक्का गरेकी छिन् । उनी सम्मिलित स्पर्धामा कुल चार खेलाडी मात्र सहभागी छन् ।

प्रतियोगितामा नेपालबाट शेर्पा र तिरुवासँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरी तथा महिला ५७ किलोमा नारिका राई सहभागी छन् । गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो । प्रतियोगिता आगामी १५ असोजसम्म सञ्चालन हुनेछ । रासस