Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १२ आइतबार १६:१६:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश लोकसेवा आयोग विधेयक पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १२ आइतबार १६:१६:००

राष्ट्रियसभाले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ । आइतबार बसेकाे बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रदेश लोकसेवा आयोग विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेका थिए ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ढकालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई सशोधन गर्ने विधेयक, २०७५ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले अनुमोदन गर्‍यो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १४ गते अपराह्न १ः०० बजे बस्ने छ । रासस