मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ६ आइतबार १३:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागडोलमा एक सय १० ज्येष्ठ नागरिक बस्न मिल्ने पाँचतले भवन तयार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ६ आइतबार १३:१६:००

ज्येष्ठ नागरिकको वासका लागि ललितपुरको बागडोलमा मौलिक र कलात्मक पाँचतले भवन निर्माण भएको छ। विभिन्न क्षेत्रबाट संकलित १४ करोड लागतमा ज्यापू समाज ललितपुरले एक सय १० ज्येष्ठ नागरिक बस्न मिल्ने उक्त भवन निर्माण गरेको हो।

असहाय, दुःखी, गरिब, बेसहारा र परिवारबाट अपहेलित ज्येष्ठ नागरिकलाई यो भवनमा राखिनेछ। एक रोपनी १३ आना क्षेत्रफलमा बनेको भवनको १० वर्षपछि मात्रै निर्माणकार्य सकिएको ज्यापू समाजमा अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए। उनका अनुसार स्वर्गीय अष्टमान महर्जनले भवन बनाउन जग्गा दान गरेका थिए। पाँचतले सो भवन मौलिक कलात्मक शैलीमा बनाइएको छ। भवन सञ्चालनका लागि ललितपुर महानगरपालिकाले आर्थिक सहायता दिने जनाइएको छ।

ज्यापू समाजका उपाध्यक्ष सन्तमान महर्जनले भवन निर्माण गर्न भारत सरकारले पाँच करोड, बागमती प्रदेश सरकारले दुई करोड ९१ लख ६१ हजार,  ललितपुर महानगरपालिकाले तीन करोड १४ लाख ८२ हजार,  सांसद विकास कोषबाट १८ लाख ३६ हजार,  पम्फा भुसालको सांसद विकास कोषबाट १४ लाख ६३ हजार आठ सय, रामकाजी अवालले आठ लाख ५५ हजार पाँच सय र किसलाल महर्जनले पाँच लाख ५५ हजार पाँच सय रुपैयाँ सहयोग गरेका थिए।