१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ६ आइतबार ०७:४३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिमालयनले वन पैदावार उद्योगीलाई कर्जा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ६ आइतबार ०७:४३:००

हिमालयन बैंक लिमिटेड र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघबीच विशेष कर्जा प्याकेजको व्यावसायिक सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका सदस्यहरूलाई एसएमईअन्तर्गत १२ करोड रुपैयाँसम्मको विशेष कर्जा प्यकेज प्रदान गर्ने जनाइएको छ ।

सम्झौताअन्तर्गत बैंकले न्यूनतम ब्याजदर, कर्जाशुल्क, प्रतीतपत्र वा बैंक जमानत जारी गर्न नगद मर्जिन र कमिसनमा बैंक जमानत जारी गर्ने उल्लेख गरिएको छ ।

उक्त सेवा महासंघका सदस्यहरूले बैंकका सम्पूर्ण शाखाहरूबाट सहज रूपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । हाल बैंकले ७१ शाखा, १ सय ४६ एटिएम र ५ हजारभन्दा बढी पिओएस टर्मिनलहरूबाट  ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।