मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ४ शुक्रबार १२:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ४ शुक्रबार १२:५३:००

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने एकजनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएकाे छ । महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएकाे ट्राफिक प्रहरीको टोलीले प्रदेश ०२–०१२ प ७०६६ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल चलाइरहेकाे अवस्थामा नयाँ बसपार्क, गोंगबुबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका– २ बोदल घर भई काठमाडौंको दक्षिणढोका बस्ने २२ वर्षीय तेज थापामगर रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिएका छन्। अनुसन्धानका क्रममा उक्त मोटरसाइकलको वास्तविक नं. प्रदेश ३–०२–०१० प ९४४६ रहेको खुल्न आएको छ।