१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ४ शुक्रबार ०७:३५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकको एटिएमबाटै रकम जम्मा गर्न सकिने सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ४ शुक्रबार ०७:३५:००

नबिल बैंकले नबिल क्यास मेसिन सञ्चालन सुरु गरेको छ । बैंकले ग्राहकलाई एटिएममार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको हो ।बैंकले यो सेवाको सुरुवात तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको जनाएको छ ।

अब ग्राहकहरूले मेसिनमा १ हजार रुपैयाँ, ५ सय रुपैयाँ र १ सय रुपैयाँका नेपाली नोट जम्मा गर्न सक्ने जनाइएको छ । एकपटकमा ९९ हजार ९ सय रुपैयाँसम्म जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

मेसिनमा नगद जम्मा गर्न सक्ने सुविधा बचत र चल्ती दुवै खातामा उपलब्ध रहेको जनाइएको छ । यसमार्फत ग्राहकले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने बैंकले जनाएको छ । बैंकले देशभरमा १ सय ३५ शाखा, १ सय ८४ एटिएम र १ हजार ५ सयभन्दा धेरै नबिल रेमिट एजेन्टमार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ ।