१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ३ बिहीबार २०:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीको प्रश्न– सभामुख माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम गर्ने हो ? (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ३ बिहीबार २०:३२:००

एमाले अध्यक्ष केपी ओलीले सभामुखले माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम गरेको आरोप लगाएका छन् । बिहीबार पत्रकारसँग कुरा गर्दै ओलीले एमालेले कारबाही गरेका सांसदको सूचना सभामुखले जारी नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् । 

पहिले माओवादी अध्यक्षले निष्कासन गर्दा सभामुखले तत्काल सुनाएको भन्दै ओलीले अहिले तीन दिन हुँदासमेत के पर्खिएर बसेको भन्दै प्रश्न गरे ।  दलले कारबाही गरेपछि सभामुखले तत्काल सूचना जारी गर्नुपर्ने उनको भनाइ छ ।  

‘नेकपा एमालेले हटाएका मान्छेहरू (सांसद) नेकपा एमालेले हटाएको छ भन्ने सूचना किन टाँस्नुहुन्न । सभामुखको कर्तव्य त्यही हो । ट्रेडिसन के छ भन्दा २४ घन्टाभित्र सभामुखले सूचना टाँसिसकेको छ पहिला–पहिला । यतिवेला सूचना टाँस नगर्ने कागजपत्र झिकाउँछु, हेर्छु । सभामुख न्यायाधीश होइन, सभामुखले छानबिन फैसला गर्ने होइन । कुनै पार्टीले कसैलाई निकाल्छ कि निकाल्दैन, उचित छ कि छैन, न्यायाधीश होइन सभामुख ।’

ओलीले सभामुखलाई संसद् चलाउनु छ कि छैन भन्ने प्रश्नसमेत गरे । ‘उहाँले कार्यकर्तामा फर्किने वा सभामुखको हैसियतमा निष्पक्ष ढंगले काम गर्छु भनेर सोच्नुपर्छ । यो अटेरी, जिद्दी तालले गैरकानुनी, असंसदीय तालका क्रियाकलाप माओवादी कार्यकर्ताको रूपमा गर्नुभएको छ । त्यो काम गर्न पाइँदैन,’ उनले भने ।