१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ३ बिहीबार १५:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेताहरूले पुरानो चुनाव चिह्न छोड्न गाह्रो माने : बाबुराम भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ३ बिहीबार १५:२५:००

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ समाजवादको मोडल खोज्नुपर्ने आवश्यकता रहेको औँल्याएका छन्। नेताहरूले पुराना पार्टीको चुनाव चिह्न छोड्न गाह्रो मानेको भन्दै उनले क्षणिक पार्टीगत र चुनावी स्वार्थभन्दा माथि उठेर समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिए। 

‘फेरि नयाँ समाजवादको एउटा मोडल खोज्नेतिर देश गइरहेको छ। त्यो अबको आवश्यकता हो। वस्तुगत रूपमा त हो नै विषयगत रूपमा हामी हिच्किचाइरहेका छौँ । चुनाव चिह्न छोड्न हामीलाई गाह्रो । भोट जनताले त्यसैमा हाल्छ,  त्यो छोड्यौँ भने भोट आउँदैन कि भन्ने डर छ हामीलाई। त्यसैले यसमा जुन अल्झिराखेका छौँ अब आँट गर्नैपर्छ,’ उनले भने।

उनले चुनावी स्वार्थभन्दा माथि उठेर विश्व मानव जाति र देशका जनताको हितलाई केन्द्रमा राखेर समाजवादको नयाँ नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए।