Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ भदौ ३ बिहीबार ०९:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अध्यक्ष हुन माधव नेपालले दल खोल्नुभयो : शेरबहादुर तामाङ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ भदौ ३ बिहीबार ०९:०२:००

एमाले विभाजन भएको होइन माधव नेपाल पक्षका केही साथी चोइटिएका हुन् । यसमा पनि उहाँहरूको आफ्नैभन्दा कांग्रेस सभापति शेरबहादुर देउवाको चाहनाले बढी काम गरेको छ ।

हिजो केपी ओलीले ४० प्रतिशत नै राखेर केन्द्रीय समिति र संसदीय दल भनेको ठाउँमा ‘वा’ राखेर अध्यादेश ल्याउँदा अलोकतान्त्रिक भन्ने देउवाले आज आफैँले घटाएर लोकतान्त्रिक प्रणालीलाई नै ध्वस्त बनाउने गरी २० प्रतिशत राख्ने भन्नुभएको छ । यसले उहाँ एमालेको विभाजन चाहनुहुन्थ्यो भन्ने देखिन्छ ।

त्यसैमा हाम्रै पार्टीका साथीलाई केहीलाई चोइटिन मन भएको देखिन्छ । विधि र पद्धतिको कुरा गर्ने, तर आफैँ त्यसका विरुद्ध गतिविधि गर्ने र पार्टी विभाजन गर्ने कुराको संगति नै मिल्दैन ।

माधव कमरेडलाई पनि लामो समयसम्म पार्टीको नेतृत्व गरेको मान्छे अरूको मातहतमा बस्न मन भएन होला । पार्टीको नवौँ महाधिवेशनअनुसार त उहाँले दशौँ महाधिवेशनसम्म पर्खिएर अध्यक्षमा लडेर जित्ने बाटो खुला नै थियो ।

तर, अहिले नै उहाँलाई अध्यक्ष चाहियो, जुन विधानविपरीत कुरा हो । यसले एमालेलाई विभाजन भएको देखाएको मात्रै हो । यो कुरा बुझेका धेरै साथीहरू आज उहाँसँग हुनुहुन्न, किनभने उहाँहरूले बुझ्नुभएको छ ।

आज माधव नेपालसँग जानुभएन भोलि पार्टीमा फर्केर पुरानै जिम्मेवारीमा बसेर काम गर्नुहुन्छ । पार्टीको अध्यक्ष हुनुपरेको त माधव नेपाललाई मात्रै न थियो, उहाँले नयाँ दल खोल्नुभएको छ । अरूलाई सिंगो एमाले चाहिएको छ, उहाँहरू आउनुहुन्छ ।