१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ३ बिहीबार ०७:३४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मेगा बैंकका नौ एक्सटेन्सन काउन्टर शाखामा परिणत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ३ बिहीबार ०७:३४:००

मेगा बैंक नेपाल लिमिटेडले विभिन्न स्थानमा सञ्चालनमा रहेका नौवटा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नति गर्दै शाखा कार्यालयमा परिणत गरेको छ । ग्राहकलाई थप सुविधा दिने उद्देश्यले बैंकले एक्सटेन्सन काउन्टरलाई शाखामा परिणत गरेको हो । 

बैंकले झापाको शिवसताक्षी नगरपालिकाको शिवसताक्षी एक्सटेन्सन काउन्टर, मोरङको धनपालथान गाउँपालिकाको धनपालथान एक्सटेन्सन काउन्टर, सुनसरीको कोसी गाउँपालिकाको कोसी एक्सटेन्सन काउन्टर, धनुषाको मिथिला बिहारी नगरपालिकाको मिथिला बिहारी एक्सटेन्सन काउन्टर, धनुषाकै नगराइन नगरपालिकाको नगराइन एक्सटेन्सन काउन्टरलाई शाखामा परिणत गरेको हो ।

त्यस्तै, अर्घाखाँचीको मालारानी गाउँपालिकाको मालारानी एक्सटेन्सन काउन्टर, पाल्पाको माथागढी गाउँपालिकाको माथागढी एक्सटेन्सन काउन्टर, गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको रुरु एक्सटेन्सन काउन्टर र दार्चुलाको शैल्यशिखर नगरपालिकाको शैल्यशिखर एक्सटेन्सन काउन्टरलाई पनि शाखामा परिणत गरेको जनाइएको छ । 

बैंकले यसअघि सुनसरीको बराहक्षेत्र गाउँपालिकाको एक्सटेन्सन काउन्टरलाई पनि शाखामा स्तरोन्नति गरिसकेको जनाएको छ । यो सँगै बैंकको शाखा संख्या एक सय ९९ पुगेको र एक्सटेन्सन काउन्टरहरूको संख्या २४ कायम भएको जनाइएको छ ।