मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २ बुधबार १४:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नयाँ पार्टी दर्ताको कागजपत्र तयार पार्दै नेपाल समूह, भ्याए आजै नभए भोलि आयोग जाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २ बुधबार १४:३९:००

नेकपा एमालेको माधव नेपाल समूहले नयाँ पार्टी दर्ताका लागि राजनीतिक र कानुनी तयारी थालेको छ। नेपालनिकट नेताहरू नाम र चुनाव चिह्नको टुंगो लगाउन छलफलमा जुटेका छन्। 

बानेश्वरस्थित अर्याल होटेलमा नेपालनिकट नेताहरू पार्टी गठनका विषयमा छलफलमा जुटेका हुन्। नेकपा एकीकृत, एमाले समाजवादीलगायतका नाममा छलफल भएको नेता विरोध खतिवडाले बताए । कलम, किताबलाई चुनाव चिह्न बनाउनेबारे छलफल भएको उनले जानकारी दिए। 

निर्वाचन आयोगमा ती नाम र चिह्न अरूले लिएका छन् वा छैनन् भन्ने जानकारी लिने काम भइरहेको उनले बताए । ‘केही नाम र चुनाव चिह्नबारे छलफल भइरहेको छ,’ खतिवडाले भने, ‘ती नाम र चिह्न कसैले लिएको छ कि छैन भन्नेबारे बुझ्दै छौँ ।’

पार्टी दर्ताका लागि कानुनी तयारी भइरहेको उनले बताए। ‘कागजपत्र तयार हुँदै छन्,’ उनले भने, ‘सबै कागजपत्र तयार भएपछि भ्याए आजै नत्र भोलिसम्म पार्टी दर्ता गर्छौँ ।’