१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
अच्युत पुरी
२०७५ मङ्सिर २८ शुक्रबार १२:१३:००
Read Time : > 1 मिनेट
अर्थ

११ महिनामै पर्यटक आगमन १० लाख नाघ्यो

पर्यटक आगमन गत वर्षको तुलनामा १७ प्रतिशतले वृद्धि

Read Time : > 1 मिनेट
अच्युत पुरी
२०७५ मङ्सिर २८ शुक्रबार १२:१३:००

नेपाल भ्रमण आउने विदेशी पर्यटकको संख्या पहिलोपटक १० लाख नाघेको छ । सन् २०१८ को ११ महिना (जनवरी–नोभेम्बर)मा १० लाख १ हजार ९ सय ३० जना पर्यटक विभिन्न देशबाट भ्रमण गर्न नेपाल भित्रिएका छन् । यो संख्या भारतसहित हवाईमार्गमार्फत आएका अन्य सबै मुलुकबाट आएका पर्यटकको संख्या जोड्दा भएको हो । सडकमार्ग हुँदै भित्रिएका भारतीय नागरिकलाई भने पर्यटकका रूपमा जोडिँदैन । सन् २०१७ मा ९ लाख ४० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

नेपाल पर्यटन बोर्डका अनुसार ११ महिनामा गत वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ । आकर्षक पर्यटकीय गन्तव्यका रूपमा नेपालको छवि स्थापित बन्दै जाँदा पर्यटक आगमन उत्साहजनक रूपमा वृद्धि भइरहेको नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले बताए । नेपाल भ्रमण वर्ष २०२० को सफलताका लागि यो कीर्तिमानी संख्याको पर्यटक आगमनले ठूलो अर्थ राख्नेसमेत उनको भनाइ छ । 

७ वर्षअघिको लक्ष्य बल्ल पूरा 
सरकारले सन् २०११ मा पर्यटन वर्ष मनाएको थियो । त्यसवेला सरकारको लक्ष्य वार्षिक १० लाख पर्यटक भिœयाउने थियो । उक्त अभियानपछि सुधार हुने अपेक्षा राखिएको पर्यटक आगमन सोचेजसरी अगाडि बढ्न सकेन । यसबीचमा भूकम्प, सीमा नाकामा अवरोधदेखि बन्द हडताल र राजनीतिक अस्थिरताबाट नेपाल गुज्रियो । राजनीतिक स्थायित्व पाएको पहिलो वर्षमै नेपाल कीर्तिमानी संख्यामा पर्यटक भित्र्याउन सफल भएको छ । 

२ वर्षमा दोब्बर वृद्धि होला ? 
सरकारले सन् २०२० मा वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । निजी क्षेत्रका व्यवसायी संख्यात्मक दृष्टिबाट मात्र यो लक्ष्य लगभग पूरा हुने विश्वासमा छन् । ‘राजनीतिक स्थायित्व हुन थालेकै वर्ष पर्यटक आगमनमा सकारात्मक सन्देश देखियो,’ टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल भन्छन्, ‘सडकमार्गबाट भित्रिएका वास्तविक पर्यटकलाई समेत जोड्दा यो असम्भव संख्या होइन ।’ यस वर्ष १० लाख पर्यटक नाघ्नुलाई उनी स्वाभाविक वृद्धि ठान्छन् । 
खासगरी सन् २०११ पछि नेपाल पर्यटन बोर्डमा काण्ड मच्चिनु, उचित प्रकारका नीति–नियम आउन नसक्नु, राज्यले पर्यटनलाई प्राथमिकता दिन नसक्नु, निजी क्षेत्र र बोर्डबीच समन्वय हुन नसक्नुजस्ता कारणले पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुन नसकेको उनले बताए । 

सन् २०११ पछिको पर्यटक आगमन 
सन् २०११    ः ७३६२१५
सन् २०१२    ः ८०३०९२
सन् २०१३     ः ७९७६१६
सन् २०१४    ः ७९०११८
सन् २०१५     ः ५३८९७०
सन् २०१६     ः ७५३००२
सन् २०१७     ः ९४०२१८
सन् २०१८ (११ महिना)    ः १००१९३०