मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १ मंगलबार १६:५४:००
Read Time : < 1 मिनेट
समाचार

ओली पार्टी विभाजन गर्ने प्लानमा छन् : विरोध खतिवडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १ मंगलबार १६:५४:००

नेकपा एमालेका नेता विरोध खतिवडाले केपी ओली गुटले दुई सय ६० सदस्यीय केन्द्रीय समितिको नाम निर्वाचन आयोगमा पठाएर जालझेल गरेको आरोप लगाएका छन्। नयाँ बानेश्वरस्थित अर्याल होटेलमा बसेको नेपाल पक्षका नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

‘हामी २२ जना सांसदहरू भेटघाट गरेका हौँ, जसमा वर्तमान स्थिति, अध्यादेश, केपी ओली गुटले दुई सय ६० जना सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा पठाएर गरेको जालझेललगायतका विषयमा परामर्श भयो,’ खतिवडाले भने।

अध्यादेश आफूहरूका लागि नल्याइएको भन्दै उनले महन्थ ठाकुरहरूको सजिलोको लागि आएको हुन सक्ने बताए। पार्टीमा आफूहरूको ३०–४० प्रतिशत सदस्य रहेको खतिवडाको दाबी छ। ओली पार्टी विभाजन गर्ने प्लान र प्रयत्नमा भएको आरोप लगाउँदै उनले आफूहरूले अन्तिम समयसम्म एकताका लागि प्रयत्न गर्ने बताए।