Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ भदौ १ मंगलबार ०७:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ओलीले दिए नेपाल समूहलाई गिरोहको संज्ञा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ भदौ १ मंगलबार ०७:०९:००

एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधव नेपाल र उनको समूहलाई गिरोहको संज्ञा दिएका छन् । पार्टीको १०औँ र ११औँ केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनका लागि जारी गरिएको अन्तरपार्टी निर्देशनमा नेपाल र उनको गिरोहले पार्टी भलाइका लागि असल मनसायसहित गरिएका प्रयास अस्वीकार गरेको आरोप छ । ‘माधव नेपाल र उनको गिरोहले देश, जनता र पार्टीको भलाइको असल मनसायका साथ गरिएका सम्पूर्ण प्रयासहरूलाई तिरस्कार र अपमान गर्दै अस्वीकार गर्‍यो ।'

त्यस्तै, नेपाल समूहले खुलेआम गुटगत भेला गरेर पार्टी फुटाउने उद्देश्यले सबैतिर समानान्तर कमिटी गठन गरेको आरोप पनि छ । ‘माधव गुटले खुलेआम गुटगत भेला, बैठकहरू गर्ने, पार्टी फुटाउने उद्देश्यले माथिदेखि तलैसम्म पार्टी र जनवर्गीय संगठनका कमिटीहरू समानान्तर रूपमा गठन गर्ने, विपक्षीहरूसँग मिलेर देशैभरि सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री एवं पार्टी अध्यक्षका पुत्ला दहन गर्ने, पार्टी र पार्टी नेतृत्वका विरुद्ध झुटा, अभद्र र अमर्यादित प्रचार अभियान चलाउनेजस्ता आपराधिक कार्यहरू गर्दै रहे,’ अन्तरपार्टी निर्देशनमा भनिएको छ ।

समानान्तर गतिविधि रोक्न अनेक प्रयास गरिएको र कार्यदल बनाएर समाधान खोज्ने प्रयास गर्दा पनि अस्वीकार गरिएको पनि अपानिमा आरोप लगाइएको छ । ‘फोनमा कुराकानी, भेटघाट र छलफलका सिलसिला चलाइए,’ अपानिमा छ, ‘यसै प्रसंगमा कार्यदल बनाइयो र त्यसले समस्या समाधानका लागि सर्वसम्मत सिफारिस पनि गर्‍यो । पार्टीले त्यसलाई ग्रहण पनि गर्‍यो ।’