मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ श्रावण २९ शुक्रबार २१:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले विवादमा ज्ञवाली भन्छन्– समान अध्यक्ष र हस्ताक्षरमा कुरा अड्किएको छ

Read Time : < 1 मिनेट
२०७८ श्रावण २९ शुक्रबार २१:२५:००

नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले संस्थापन पक्ष पार्टी एकताका लागि अधिकतम लचकताका साथ प्रस्तुत भएको भन्दै  समान अध्यक्ष र हस्ताक्षरमा कुरा अड्किएको उल्लेख गरेका छन् ।

प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले माधव नेपाल पक्षले सर्तमाथि सर्त बढाउँदै लगे पनि पार्टी एकता जोगाउन असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउने प्रयास भइरहेको बताए । उनले भने, ‘पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको छ ।’