मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७८ श्रावण २९ शुक्रबार १९:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँचसूत्रीय माग  राख्दै चुरे अभियन्ता आमरण अनशनमा 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७८ श्रावण २९ शुक्रबार १९:३१:००

चुरे तथा वन जंगल संरक्षण अभियानका दुई अभियन्ता  विभिन्न पाँचसूत्रीय   माग राख्दै आमरण अनशनमा बसेका छन् । 

सिराहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न पाँचबुँदे माग राख्दै चुरे अभियन्ता  अमन यादव र रानी राय जनकपुरधामस्थित स्थानीय जनकचोकमा बिहीबारदेखि आमरण अनशनमा बसेका हुन् ।

चुरे अभियन्तामाथि लगाइएको झुटा मुद्दा खारेज हुनुपर्ने, वन नियमावली, २०५१ को दफा २२ लाई मिचेर डिभिजन वन कार्यालय सिराहाका प्रमुख सुवास दासले आर्थिक कार्यक्रम सञ्चालन गरेको र सो कुन आधारमा गरेको हो त्यसको छानबिन हुनुपर्ने, गत आर्थिक वर्षमा डिभिजन वन कार्यालय सिराहाले कोटेसनमार्फत खरिद गरेको फलफूलका बिरुवा खरिदमा गरेको अनियमितताको छानबिन र आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ मा डिभिजन वन कार्यालय सिराहाले गरेको कार्यमाथि छानबिन हुनुपर्नेलगायतका माग राख्दै उनीहरूले आमरण अनशनमा  सुरु गरेका हुन् ।

तराई–मधेसको जनजीवनसँग सरोकार राख्ने चुरे तथा वनजंगल केही व्यक्ति तथा भूमाफियाहरूले आफ्ना निहित स्वार्थका कारण  दिनदिनै विनाश हुँदै आएको चुरे तथा वन जंगल अभियान महोत्तरीका संयोजक सरिता यादवले बताइन् । चुरे विनाशकै कारण मधेसमा पानीको जलस्तरसमेत घट्दै गइरहेको तथा त्यसको प्रभावको कारण तराई–मधेस मरुभूमितर्फ उन्मुख रहेको अवस्थामा चुरेको संरक्षण गर्नु सबैको दायित्व रहेको उनले बताइन् ।