मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २७ बुधबार १८:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २७ बुधबार १८:४२:००

सरकारले विश्वविद्यालयका परीक्षार्थीहरूलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयबाट त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयस्तरका विभिन्न तहको परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रको आधारमा खोप लगाउने निर्णय भएको हो। 

बुधबार स्वास्थ्य सचिव रोशन पोखरेलले  विद्यार्थीको परीक्षालाई अवरुद्ध बनाउन नहुने भन्दै प्रवेशपत्रको आधारमा खोप दिने निर्णय गरे । पोखरेलले त्रिविअन्तर्गत परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरुको प्रवेश पत्रका आधारमा खोप दिने बताए । 

स्वास्थ्य मन्त्रालयले ७७ जिल्ला जनस्वास्थ्य कार्यालयलाई खोप दिन परिपत्र गरेको छ ।  प्रवेश पत्रका आधारमा सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यलयले त्यसको व्यवस्था गर्नेछन् । स्वास्थ्य मन्त्रालयलाई दिएको जानकारी अनुसार करिब ६० हजार विद्यार्थी परिक्षामा सहभागी हुदैछन् ।  

त्रिविले सबै परीक्षा भौतिक उपस्थितीमै सञ्चालन गर्ने भएको छ । यसअघि कक्षा १२ को परीक्षा स्थगित भएपनि त्रिविले परीक्षाहरु स्थगित गरेको थिएन । उसले परीक्षा समयमै हुने भन्दैं विद्यार्थीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । 

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढ्न थालेको भन्दै भिडभाड नगर्न सबैमा अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले संक्रमण बढ्न थालेको भन्दै सचेत हुन सबैमा अनुरोध गरेका छन् । उनले सामाजिक दुरीको पूर्णरुपमा पालना, माक्सको प्रयोग, साबनपानीले हात धुने वा बेला बेला स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरे ।