मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २७ बुधबार ०७:०८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जगदम्बा मोटर्सद्वारा ‘टिभिएस ड्युराम्याक्स प्लस’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २७ बुधबार ०७:०८:००

नेपालका लागि टिभिएस थ्री ह्विलरको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले टिभिएस ड्युराम्याक्स प्लस थ्री ह्विलर सार्वजनिक गरेको छ । थ्री ह्विलर इन्डस्ट्रिजमै पहिलोपटक सबैभन्दा दमदार पावर रहेको दाबी गरिएको सवारीसाधन सार्वजनिक सवारीसाधनका रूपमा सञ्चालनमा उपयुक्त भएको निष्कर्षसहित बजारमा ल्याइएको हो । 

यसको इन्जिन २२३ सिसी ४ स्ट्रोक र लिक्विड कुल्ड प्रविधिको रहेको छ । ४७५० आरपिएममा ७.५ किवाको शक्ति प्रदान गर्ने र २२७५ आरपिएममा १८ एनएमको टर्क दिने क्षमता भएको हुँदा चलाउनलाई सजिलो हुनुका साथै सवार यात्रुहरूले समेत आरामदायी अनुभव गर्न सक्ने कम्पनीको दाबी छ । यसलाई इलेक्ट्रिक तथा हातको मद्दत दुवै प्रकारले स्टार्ट गर्न सकिने कम्पनीले जनाएको छ । 

यसमा ९ वटा प्लस फिचर्स रहेको हुनाले ग्राहकको नं १ रोजाइमा पर्ने कम्पनीको दाबी छ । टिभिएस ड्युराम्याक्स प्लसले प्रतिलिटर ३०+२ किमि माइलेज प्रदान गर्ने जनाइएको छ । जगदम्बा मोटर्स प्रालिका डाइरेक्टर दीपककुमार अग्रवालले मिहिनेतका साथ स्वदेशमै जीवनयापन गर्न चाहने नेपालीले गर्ने परिश्रमको प्रतिफल अधिक मिलोस् भन्ने लक्ष्यका साथ यो थ्री ह्विलर बजारमा ल्याएको बताए । प्रविधि, सुरक्षा, लागत तथा मर्मत–सम्भारजस्ता सबै दृष्टिबाट यो उपयोगी रहेको उनको दाबी छ । कम्पनीले यसको बजार मूल्य ५ लाख ८९ हजार ९ सय रुपैयाँ तोकेको छ ।