मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ श्रावण २६ मंगलबार ०८:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाँजासहित सिटी रिक्साचालक पक्राउ 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ श्रावण २६ मंगलबार ०८:५७:००

मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ बाट एक सिटी रिक्साचालक लागुऔषध गाँजासहित पक्राउ परेका छन् । धनकुटा सहिद भूमि गाउँपालिका– ५ घर भई मोरङ सुन्दरहरैँचा नगरपालिका– ५ मा  बस्ने २४ वर्षीय इमान राई सात केजी नौ सय ८४ ग्राम गाँजासहित पक्राउ परेका हुन् । 

चालक इमानलाई सोमबार साँझ  पूर्व–पश्चिम राजमार्गमा को.१ह ७९८५ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा प्लाष्टिकको झोलामा राखिएको लागुऔषध गाँजासहित नियन्त्रणमा लिइएको इलाका प्रहरी बेलबारीले जनाएको छ ।  

प्रदेश १ को पहाडी जिल्ला धनकुटामा अवैध रूपमा गाँजा खेती हुने गरेको छ । त्यहाँ उत्पादन भएको गाँजा तस्करी गरेर भारततर्फ लैजाने गरिएको छ ।