१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २६ मंगलबार ०७:२८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘मेगा लोकप्रिय बचत  खाता’मा विभिन्न सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २६ मंगलबार ०७:२८:००

मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा लोकप्रिय बचत खाता’मा विभिन्न सुविधा प्रदान गर्ने योजना ल्याएको छ । बैंकले यो खाता खोल्नेलाई एनसेलको सिमकार्ड निःशुल्क रूपमा प्रदान गर्नेलगायतका योजना ल्याएको हो ।

यो खाता ‘शून्य मौज्दातमा नै खोल्न सकिने र एनसेलद्वारा मेगा बैंकका लागि कस्टमाइज्ड गरिएका सुविधाहरूसहितको सिमकार्ड निःशुल्क रूपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो सुविधा प्रदान गर्नका लागि बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ ।   

यो सिमकार्डमा प्रिलोडेड रूपमा रहेको ५ सय एमबी डेटा (इन्टरनेट), ५० मिनेट टक टाइम तथा ५० एसएमएस प्याकेज रहेको जनाइएको छ । एनसेलको सिमकार्ड नयाँ खाता खोल्ने ग्राहकका साथै यो निक्षेप योजनाअन्तर्गत मेगा स्मार्ट मोबाइल बैंकिङ सुविधा उपभोग गर्ने ग्राहकलाई पनि निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ । यसरी पाइने सिमकार्डबाट बैंकको मेगा स्मार्ट मोबाइल बैंकिङ र मेगा अनलाइन बैंकिङको प्रयोग गर्न अनलिमिटेड इन्टरनेट सुविधा निःशुल्क उपलब्ध हुने छ ।