मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २५ सोमबार ०८:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आजबाट प्रधानसेनापति थापा अनिवार्य बिदामा : कायममुकायम प्रधानसेनापति शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २५ सोमबार ०८:५२:००

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सोमबारबाट अनिवार्य अवकाशका लागि एक महिना बिदा बस्दैछन् । उनले आगामी २४ भदौबाट अनिवार्य अवकाश पाउँदै छन् ।  अवकाश हुनुभन्दा महिना दिनअघि नै सेनामा घर बिदामा बस्ने चलन छ ।

सोहीअनुसार थापा सोमबारदेखि बिदामा बस्न लागेका हुन् । थापा २४ भदौ ०७५ मा प्रधानसेनापति नियुक्त भएका थिए । प्रधानसेनापतिको तीनवर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा जाने थापा ०३६ मा सैनिक संगठन प्रवेश गरेका थिए । 

नेपाली सेनाका भावी प्रधानसेनापतिका रूपमा २६ साउनदेखि प्रभुराम शर्मा नेतृत्वमा आउनेछन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २६ साउनदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापति तोकिसकेकी छिन् ।

१२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो । सोही सिफारिसलाई राष्ट्रपति भण्डारीले सदर गर्ने निर्णय गरेकी हुन् । शर्मा हाल सेनाको बलाधिकृत छन् । सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ अनुसार शर्माले सेनाको भावी प्रधानसेनापतिका रूपमा अघि सार्दै कायममुकायमको भूमिकामा सिफारिस गरेको थियो ।