Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २४ आइतबार १७:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २४ आइतबार १७:४१:००

सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने भएको छ। आज सार्वजनिक गरिएको सरकारका साझा न्यूनतम कार्यक्रममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति–संस्थामाथि कानुनी कारबाही गर्ने उल्लेख छ।

यस्तै कार्यक्रममा कोभिड- १९ रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पताललगायत भौतिक पूर्वाधारको विकासमा प्राथमिकता दिने उल्लेख छ। 

कोभिडको तेस्रो लहरका सम्बन्धमा स्वास्थ्य सचेतना बढाउने, आवश्यक जनशक्ति र गुणस्तरीय स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्ने, अक्सिजन र अन्य आवश्यक औषधिको आपूर्तिको सुनिश्चितता गर्ने तथा स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्ने सरकारको न्यूनतम कार्यक्रम रहेको छ।