मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ श्रावण २४ आइतबार ०७:२८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फुटबल एकेडेमी र  पत्रकारबीच मैत्रीपूर्ण फुटबल

Read Time : < 1 मिनेट
२०७८ श्रावण २४ आइतबार ०७:२८:००

जिल्ला सदरमुकाम सिमकोटमा हुम्ला फुटबल एकेडेमी र जिल्लाका पत्रकारबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना भएको छ । एकेडेमीको आयोजनामा जिल्लामा कार्यरत पत्रकारबीच शनिबार मैत्रीपूर्ण फुटबल आयोजना भएको हो ।

जिल्लामा फुटबल प्रशिक्षणप्रति आकर्षण बढेका वेला एकेडेमी र पत्रकारबीच प्रतियोगिता आयोजना भएको हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावतले जानकारी दिए । 

प्रतियोगितामा एकेडेमीले ४ र पत्रकारहरूले १ गोल हानेको अध्यक्ष रावतको भनाइ छ । नेपाल पत्रकार महासंघ हुम्ला शाखाका उपाध्यक्ष राजबहादुर शाहीले पत्रकारले मैत्रीपूर्ण फुटबलमा पहिलोपटक सहभागिता जनाएको जानकारी दिए ।