Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २३ शनिबार २०:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओली झुठको सहारा लिएर अघि बढ्न खोजे : रामकुमारी झाँक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २३ शनिबार २०:०९:००

एमाले नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी ओली झुठको सहारा लिएर अघि बढ्न खोजेको आरोप लगाएकी छिन् । युवा संघ नेपाल रामेछाप अन्तरजिल्ला कमिटी तथा पिपुल्स भोलेन्टियर गठन कार्यक्रममा शनिबार झाँक्रीले यथार्थ कुरा कार्यकर्ता र जनतामा पु¥याउनुपर्ने बताएकी हुन् । 

ओलीले राम्रो काम गर्न नसकेकै कारण दुईतिहाइनजिकको कम्युनिस्ट सरकार ढलेको उनको आरोप छ । ‘काम गर्न नसक्ने, पार्टीको बैठकमा भाग नलिने, बैठकका निष्कर्ष कार्यान्वयनमा नलाने, एक्लै हिँड्ने सर्वसत्तावादी प्रवृत्ति देखियो । त्यसलाई सच्याउन गत वर्ष पनि ओलीलाई मौका दिइयो । तर, सच्चिने काम भएन । जसको परिणाम आज देखिएको छ ।’ उनले भनिन् । 

दुईतिहाइको कम्युनिस्ट सरकार किन ढल्यो, नेकपा किन बनाइयो र किन विघटन गरियो ? संविधान बचाउन विपक्षीलाई नेतृत्व दिनुपर्ने अवस्था किन आयो ? यसको विषयमा यथार्थ विषय जानकारी गराउन आवश्यक रहेको उनले बताइन् । ओलीले न्यूनतम राजनीति संस्कार, संस्कृति तथा लोकतान्त्रिक चरित्र नदेखिएको आरोप पनि उनले लगाइन् । 

नेता देवशंकर पौडेलले गलत प्रवृतिको विरुद्ध सही विचार र कार्यक्रम लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा रोज श्रेष्ठको नेतृत्वमा युवा संघ नेपाल रामेछाप अन्तरजिल्ला कमिटीमा तथा सुवास थापाको नेतृत्वमा पिपुल्स भोलेन्टियर गठन गरिएको रामेछापका युवा नेता राकेश श्रेष्ठले जानकारी दिए ।