कच्या र आसीधारा अधिकारमैत्री गाउँ
मुगुको सोरु गाउँपालिका–८ कच्या र आसीधारा गाउँलाई मानवअधिकारमैत्री गाउँ घोषणा गरिएको छ । सोरु–८ मा आयोजित कार्यक्रममा कच्या र आसीधारालाई अधिकारमैत्री गाउँ घोषणा गरिएको हो । र्किडाक नेपाल, मुगु र एक्सन वर्क मुगुको सहयोगमा अधिकारमैत्री गाउँ बनाइएको हो ।
यसका लािग २० वटा आधारभूत सूचक पूरा भएपछि अधिकारीमैत्री गाउँ घोषणा गरिएको किर्डाकका जिल्ला संयोजक टेकबहादुर शाहीले बताए । आधारभूत सूचक पूरा गर्न पाँच वर्षदेखि स्वास्थ्य, शिक्षा, सरसफाइ, स्वच्छता, मानवअधिकारसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको थियो ।
ती कार्यक्रममार्फत स्वच्छ खानेपानीको व्यवस्था, सहज औषधी उपचार, शिक्षाको पहुँच, मदिरा निषेध, झैझगडा बन्द, जातीय भेदभाव अन्त्य, छाउपडीमुक्त, समान ज्याला समान काम, बालविवाहमुक्तलगायत सूचकहरू पूरा भएको एक्सन वर्कका जिल्ला संयोजक धीरेन्द्रबहादुर शाहीले बताए ।