सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको अर्थोप्लास्ट रिह्याब सेन्टर प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका हेड अफ सर्कल अफिस, कुमारीपाटीका ज्ञानेन्द्र महर्जन र रिह्याब सेन्टरका प्रबन्ध निर्देशक हरिकुमार तामाङले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बैंकका ग्राहकले अर्थोप्लास्ट रिह्याब सेन्टरमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैैंकिङ प्रयोग गरेबापत फिजियोथेरापी सेवाको भुक्तानी शुल्कमा २५ प्रतिशतसम्म छुट पाउने जनाइएको छ ।
साथै उपत्यकाबाहिरका विभिन्न विस्तारित सेवा केन्द्रहरूमा पनि ग्राहकहरूले छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । रिह्याबको सेवा केन्द्र तुम्लिङटार, चितवन, पोखरा, बुटवल र धनगढीमा रहेको जनाइएको छ ।