मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २२ शुक्रबार ०६:४३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुमारी बैंकद्वारा अक्सिजन प्लान्ट निर्माणका लागि सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २२ शुक्रबार ०६:४३:००

कुमारी बैंक लिमिटेडले उदयपुरको बेलका नगरपालिकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । बेलका नगरप्रमुख दुर्गाकुमार थापा र उपप्रमुख राजकुमारी चौधरीलाई बेलका शाखाले चेक हस्तान्तरण गरेको हो । 

विगत ३ वर्षदेखि सेवा सञ्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उतरदायित्वअन्तर्गत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।

बेलका नगरप्रमुख थापाले कुमारी बैंक बेलका शाखालाई धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताए । बैंकले देशभर १ सय ९४ शाखा, १ सय ६५ एटिएम, १३ एक्सटेन्सन काउन्टर तथा २८ शाखारहित इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।