मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ श्रावण २१ बिहीबार १४:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोनाविरुद्धको खोप : कति आयो, कति आउँदै छ ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ श्रावण २१ बिहीबार १४:५५:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७८ माघ महिनासम्ममा कुल पाँच करोड २२ लाख ८२ हजार डोज खोप नेपाल आइपुग्ने आकलन गरेको छ । बिहीबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आफ्नो आँकडा पेस गर्दै मन्त्रालयले यस्तो दाबी गरेको हो ।

मन्त्रालयको दाबीअनुसार नेपालमा अहिलेसम्म ९७ लाख ८२ हजार डोज आइपुगेको र एक करोड दुई लाख असोजसम्म आइपुग्नेछ । हालसम्म भारतबाट ११ लाख कोभिसिल्ड खोप, चीनबाट १८ लाख भेरोसेल, गाभीबाट तीन लाख ४८ हजार कोभिसिल्ड अनुदानमा प्राप्त भएको छ । त्यस्तै, अमेरिकाबाट १५ लाख ३४ हजार डोज जोन्सन एन्ड जोन्सन खोप अनुदानबाटै प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । 

नेपाल सरकार आफैँले खरिद गरेर भारतबाट १० लाख कोभिसिल्ड ल्याएको देखियो भने चीनबाट १० लाख भेरोसेल खोज ल्याएको स्वास्थ्य मन्त्रालयले संसदीय समितिमा पेस गरेको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार यही असोज महिनासम्ममा थप एक करोड दुई  लाख डोज खोप नेपाल आइपुग्नेछ । त्यस्तै, माघ महिनासम्म्म तीन करोड २३ लाख डोज खोप नेपाल आइपुग्नेसमेत मन्त्रालयको अनुमान छ । जसमध्ये दुई करोड ६३ लाख डोज को–भ्याक्स खोप गाभीबाट र ६० लाख डोज फाइजर अमेरिकाबाट आउने अनुमान मन्त्रालयको छ ।