मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ११ शनिबार ०६:१४:००
Read Time : < 1 मिनेट
समाचार

नवीकरणीय ऊर्जा र पर्यटन सहकार्यमा अस्ट्रियाकी विदेशमन्त्रीको जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ११ शनिबार ०६:१४:००

नेपाल भ्रमणमा रहेकी अस्ट्रियाका विदेशमन्त्री करिन क्नाइसलले सौर्यलगायत नवीकरणीय ऊर्जामा नेपालसँग सहकार्य गर्न तयार रहेको बताएकी छिन् । नेपाल–अस्ट्रिया सम्बन्धको ६०औँ वर्षका अवसरमा शुक्रबार साँझ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै करिनले ऊर्जा विकासमा साझेदारी गर्नुपर्नेमा जोड दिएकी हुन् । 

विदेशमन्त्री करिनले हिन्दकुश क्षेत्रमा अस्ट्रियाले २५ वर्षदेखि ४० लाख अमेरिकी डलरभन्दा बढी सहयोग गर्दै आएको उनको भनाइ छ । ‘नेपालमा चार वर्षअघि विनाशकारी भूकम्पपछि पाटन दरबार स्क्वाएर सम्पदा पुनर्निर्माणमा सहयोग गर्न पाएकोमा हामी खुसी छौँ’ उनले भनिन्, ‘ऊर्जा विकासमा पनि साझेदारी गरौँ ।’ दुई देशबीच संघीयताको अभ्यासबारे अनुभव आदनप्रदान गर्न सकिने पनि करिनको भनाइ छ । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा तीन दिनका लागि नेपाल आएकी करिनले शुक्रबार ज्ञवालीसँग द्विपक्षीय भेटवार्ता गरेकी छिन् । यस्तै, प्रधानमन्त्ती केपी ओलीसँग शिष्टाचार भेट गरिन् । उनले प्रधानमन्त्री ओलीलाई जन्मदिनका अवसरमा चक्लेट उपहार दिएकी छिन् । बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा पनि ऊर्जासँगै केबलकार, कृषि, पर्यटनलगायतमा सहकार्यबारे छलफल भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले द्विपक्षीय वार्तामा दुई देशका सम्बन्धका सबै पक्षबारे छलफल भएको ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।