मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २० बुधबार १६:५८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

देशभर ४,१०७ जना कोरोना संक्रमित थपिए, ३५ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २० बुधबार १६:५८:००

पछिल्लो २४ घन्टामा देशभर चार हजार एक सय सातजना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा दुई हजार नौ सय ७५ र एन्टिजेन परीक्षणमा एक हजार एक सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । 

काठमाडौं उपत्यकामा एक हजार दुई सय ७९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा नौ सय आठ, भक्तपुरमा दुई सय ६ र  ललितपुरमा एक सय ६५ जनामा संक्रमण देखिउको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ११ हजार तीन सय ५४ नमुनाको पिसिआर र चार हजार नौ सय ४४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

पछिल्लो २४ घन्टामा एक हजार पाँच सय ३५ जना डिस्चार्ज भएका छन् भने ३५ जना संक्रमितको मृत्यु भएको छ ।