१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १९ मंगलबार १८:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस उपसभापति निधि र इयूका राजदूत डिप्रेबीच भेट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १९ मंगलबार १८:४९:००

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेबीच आज भेटघाट भएको छ।  उपसभापति निधिको निवास नयाँ बानेश्वरमा बिहान भएको करिब एक घन्टा लामो भेटमा राजदूत डिप्रेले नेपालमा कोरोना महामारी नियन्त्रणमा इयूका तर्फबाट सहयोग गर्ने बताएकी छिन्। 

भेटमा राजदूत डिप्रेले प्रदेश नम्बर २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको विविध विकासमा आफूहरूले सहयोग गर्ने पनि बताएकी छिन्।  उनले वैकल्पिक ऊर्जा, जलवायु परिवर्तन, लैंगिक समानतालगायतका क्षेत्रमा इयूले गर्न चाहेको सहयोगबारे पनि उपसभापति निधिसँग कुरा गरेकी छिन्। 

सो भेटमा उपसभापति निधिले नेपालको विकासमा इयूले सहयोगका लागि राखेको रुचिका लागि धन्यवाद व्यक्त गरेका थिए।