१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १९ मंगलबार १८:०२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

देशभर ३,३८३ जना कोरोना संक्रमित थपिए, २४ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १९ मंगलबार १८:०२:००

पछिल्लो २४ घन्टामा देशभर तीन हजार तीन सय ८३ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा दुई हजार चार सय ४८ र एन्टिजेन परीक्षणमा नौ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । 

यो अवधिमा १० हजार ६ सय ३८ पिसिआर परीक्षण र ६ हजार ८० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा एक हजार नौ सय ९४ जना डिस्चार्ज भएका छन् । हालसम्म ६ लाख ६० हजार एक सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मंगलबार २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नौ हजार नौ सय २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।