मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ श्रावण १९ मंगलबार १६:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विवेकशील साझामा नयाँ प्रस्ताव, वैकल्पिक बाटोमा फर्कन आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ श्रावण १९ मंगलबार १६:३४:००

विवेकशील साझा पार्टीका नेताहरूले नयाँ प्रस्ताव अघि सारेका छन् । वैकल्पिक राजनीतिमा आउन सक्ने वैचारिक विचलन रोक्न भन्दै म‌गलबार नेताहरूले नयाँ प्रस्ताव अघि सारेका हुन् ।

पार्टी संयोजक मिलन पाण्डे एवं केन्द्रीय सचिवालय सदस्यत्रय केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाले संयुक्त रूपमा नयाँ प्रस्ताव सार्वजनिक गरेका छन् । चार जनाको नामबाट सार्वजनिक गरिए पनि यो प्रस्तावमा पार्टीका अन्य नेतृत्व एवं सदस्यहरूको राय, सुझावलाई पनि अधिकतम रूपमा समेटिएको उनीहरूको भनाइ छ । 

केही दिन अघि व्यक्तिगत धारणा भन्दै पार्टी अध्यक्ष रवीन्द्र मिश्रले सङ्घीयता खारेजी, धर्मनिरपेक्षतामा जनमत सङ्ग्रह र राजतन्त्रको पक्षपोषण गर्दै एक आलेख प्रकाशित गरेका थिए । ‘मार्ग परिवर्तन’ नामक उक्त आलेखमा प्रस्तावित मूल एजेन्डाहरू पार्टीको उद्देश्य र आधारसँग मेल नखाने भन्दै त्यो दिशातर्फ पार्टी गए वैकल्पिक राजनीतिको मर्म मर्ने र पार्टी दुर्घटनामा पर्ने भएकाले पार्टीलाई मुल बाटोमा फर्काउन यो कदम चालिएको नेताहरुको दाबी छ ।