मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ श्रावण १९ मंगलबार १३:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दार्चुला घटना : ‘सीमा सुरक्षाका पाँचवटा बेसबाट धामीको खोजतलास’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ श्रावण १९ मंगलबार १३:५९:००

दार्चुला घटनाका विषयमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभालाई जानकारी गराएका छन् । मंगलबार बसेको बैठकमा गृहमन्त्री खाणले दार्चुला घटनाको विषयमा जानकारी दिएका हुन् ।

सदनमा गृहमन्त्री खाणले सीमा सुरक्षाका पाँचवटा बेसबाट जयसिंह धामीको खोजतलास भइरहेको जानकारी दिए । 

उनले भने, ‘जयसिंह धामी टोलीका अन्य सदस्यसँग पनि जानकारी लिने काम भइरहेको छ । घटनाका विषयमा खोजतलास गर्न जिल्ला प्रहरी कार्यालयमातहत रहेका नाैवटा इकाइ तथा सशस्त्र प्रहरी बल र सीमा सुरक्षाका पाँचवटा बेसबाट खोजतलासको काम भइरहेको छ ।’