१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १९ मंगलबार ०८:१३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनएमबि बैंक र सिप्रदीबीच सम्झौता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १९ मंगलबार ०८:१३:००

एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडी नेक्सनका लागि बेस रेटमै कर्जा लगानी गर्ने भएको छ । बैंकले यसका लागि सिप्रदी ट्रेडिङ प्रालिसँग सम्झौता गरेको हो । 

सम्झौताअनुसार ८ लाख डाउन पेमेन्टमै ८० प्रतिशत फाइनान्सिङसहित २४ घन्टाभित्र टाटाको नेक्सन इभीका लागि कर्जा प्रवाह हुने बैंकले जनाएको छ ।

यो सम्झौता बैंकिङ क्षेत्रमै एक उत्कृष्ट योजना रहेको बैंकको दाबी छ । नेक्सन इभी अहिले देशभरका टाटा मोटर्सका सोरुमहरूमा अवलोकन तथा ‘टेस्ट ड्राइभ’का लागि उपलब्ध रहेको जनाइएको छ । बैंकले हाल देशभरमा १ सय ८१ शाखा, १ सय ३७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।