मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ श्रावण १९ मंगलबार ०६:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक दुर्घटनामा परेर दुईको मृत्यु, दुई घाइते

Read Time : < 1 मिनेट
२०७८ श्रावण १९ मंगलबार ०६:२४:००

बसलाई ओभरटेक गर्ने क्रममा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना 

सप्तरीमा साेमबार साँझ सडक दुर्घटनामा परेर दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका– ४ अमाहामा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिरहाको लहान नगरपालिका– १७ का २८ वर्षीय रामशंकर यादव र सप्तरीको शम्भुनाथ नगरपालिका– ५ का २९ वर्षीय बुधसागर चौधरी रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।  

यादव प्रदेश नं २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकल र चौधरी स.११ प ४०३८ नम्बरको मोटरसाइकलमा सवार थिए । बसलाई ओभरटेक गर्ने क्रममा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।

चौधरीले चलाएको मोटरसाइकल पछाडि सवार सप्तरीको शम्भुनाथ– ७ का २८ वर्षीय आनन्द चौधरी र यादवले चलाएको मोटरसाइकल पछाडि सवार सिराहाको लहान– २० की २३ वर्षीया सोनम चौधरी घाइते भएका छन् । उनीहरूको उपचार लहानमा भइरहेको छ ।  

मृतकको शव लहान नगरपालिकास्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।