१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
विष्णु शर्मा
२०७५ पौष ५ बिहीबार १०:१०:००
Read Time : < 1 मिनेट
समाचार

हराएका बालक विद्यालयमै  मृत भेटिए

Read Time : < 1 मिनेट
विष्णु शर्मा
२०७५ पौष ५ बिहीबार १०:१०:००

एक दिनअघि हराएका बालक बुधबार दैलेख सदरमुकामस्थित सनराइज बोर्डिङ स्कुलको पानीट्यांकीमा मृत भेटिएका छन् । सनराइजमै युकेजीमा अध्ययनरत ठाँटीकाँध गाउँपालिका–३ का ६ वर्षीय हिक्मत शाही मंगलबार दिउँसो २ बजे हराएका थिए । बुधबार दिउँसो विद्यालयकै पानीट्यांकीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ठाकुरप्रसाद पोखरेलले बताए ।

उनका अनुसार, विद्यालयको भवन निर्माण गर्दा बनाएको पानीट्यांकीमा शव भेटिएको हो । अहिले प्रयोगमा नभएपछि तीन फिट जति पानी रहेको पोखरेलले बताए । विद्यालयको भ-याङ तल रहेको पानीट्यांकी आठ फिट गहिरो छ । विद्यालयका शिक्षक र अन्य व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गरिएको छ । घटनाको अनुसन्धान भइरहेको डिएसपी पोखरेलले बताए ।