१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १८ सोमबार १३:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पदमा रहुन्जेल व्यावसायिक संलग्नताबाट अलग रहने राज्यमन्त्री श्रेष्ठको घोषणा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १८ सोमबार १३:२३:००

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका छन्। स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले राज्यमन्त्रीको हैसियतमा सरकारबाट पाउने गाडी, इन्धन, आवासलगायतका कुनै सुविधा नलिने निर्णय गरेका हुन्।

उनले आफ्नै निजी गाडीमा मन्त्रालयको प्लेट हालेर चलाउन कानुनी अल्झन नरहेकाले निजी गाडीमा त्यो मन्त्रीको गाडीमा रहेको नम्बर प्लेट हालेर चढ्ने भएका हुन्।

यसबाट मन्त्रीलाई राज्यबाट दिँदै आएको सवारीसाधन, इन्धन आवासलगायतको लाखौँ रकम जोगिने भएको छ। आफू संलग्न भएका निजी अस्पतालको शुल्क सरकारीभन्दा सस्तो बनाउने घोषणा गरेका मन्त्री श्रेष्ठले आजबाटै अन्य सरकारी सुविधा पनि त्यागेका छन्। उनले राज्यबाट लिनेभन्दा पनि राज्यलाई दिने उद्देश्यले काम गर्न थालेका छन्।

राज्यमन्त्री श्रेष्ठले निजी स्वास्थ्य संस्थामा आफ्नो आबद्धता अहिले परित्याग गरेको घोषणासमेत गरेका छन्।

यस्तै, उनले दुई सताभित्र जापानबाट कोभिसिल्ड खोप ल्याइने बताए । काेभिसिल्डकाे दाेस्राे मात्रा लगाउन करिब १३ लाख वृद्धवृद्धा बाँकी छन्।