मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ भदौ २ बुधबार
  • Wednesday, 18 August, 2021
२०७८ श्रावण १८ सोमबार ०९:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाग्लुङको गलकोटमा बस दुर्घटना, ११ जना घाइते

Read Time : < 1 मिनेट
२०७८ श्रावण १८ सोमबार ०९:११:००

गलकोटमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौंबाट बाग्लुङको पश्चिम बुर्तिबाङतर्फ जाँदै गरेको बा.५ख १५५३ नम्बरको बस सोमबार बिहान मध्यपहाडी लोकमार्गको गलकोट नगरपालिका– १ दुदिलाभाटी चौराहमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । बसमा सवार अन्य सकुशल छन् ।   

दुर्घटनामा परी गुल्मीको मुसिकोट गाउँपालिका– ९ बार्सीकोटका २७ वर्षीय गिरिबहादुर परियार, बाग्लुङ ढोरपाटन नगरपालिका शेराकी ४२ वर्षीया पवित्रा खत्री, गल्कोट नगरपालिका– ३ गणेशचोकका ७३ वर्षीय हरिलाल खत्री, नवलपरासी सुनौल नगरपालिका– ३ आसामवासीकी ४८ वर्षीया तारा पुन, गुल्मी मुसिकोट नगरपालिका– २ का ३३ वर्षीय राजकुमार कुँवर, सोही स्थानका  ३० वर्षीय  तारा  थापा रहेका छन् । 

यसैगरी, बाग्लुङको बडिगाड गाउँपालिका– २ का १७ वर्षीय विष्णु थापा, भारत घर भई हाल गुल्मी बस्ने १९ वर्षीय अनिल कुँवर, २५ वर्षीय जिलाजित शर्मा, दिलदीप साहनी, बाग्लुङ बडिगाड गाउँपालिका– ६ सिमलचौरका ३९ वर्षीय टेकबहादुर राना छन् । घाइतेहरूको शरीरका विभिन्न भागमा चोट लागेको र सबैको अवस्था जटिल नदेखिएको प्रहरीले जनाएको छ । 

घाइते सबैलाई धौलागिरि अस्पताल बाग्लुङ ल्याउँदै गरेको हवारीले जानकारी दिए । बसको ब्रेक फेल भई सडकको कुनामा ठक्कर खाएको थियो । बसका चालक चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।