मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ भदौ २ बुधबार
  • Wednesday, 18 August, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १८ सोमबार ०८:४४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चोरीको मोटरसाइकलसहित तीन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १८ सोमबार ०८:४४:००

प्रहरीले पल्सर मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट दुईवटा मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो । उपत्यकाको विभिन्न स्थानहरूबाट हुने मोटरसाइकल चोरीका घटनालाई न्यूनीकरण गर्न सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरी चोरीमा संलग्न गिरोहलाई विशेष निगरानी गर्न, सूचना संकलन गर्न र त्यस्ता व्यक्तिहरूलाई पक्राउ गर्न विशेष अभियान सञ्चालन भइरहेको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए । 

चोरीमा संलग्नहरूलाई पक्राउ गर्न परिचालित टोलीले एक हप्तादेखिको निरन्तर सूचना संकलन र निगरानीपश्चात् शनिबार साँझ पल्सर मोटरसाइकलसहित भक्तपुरबाट तीनैजनालाई पक्राउ गरेको हो ।

भक्तपुर सरस्वतीखेलका वासुदेव खड्काको आफ्नै घरअगाडिबाट ०७६ सालमा हराएको उक्त मोटरसाइकलसहित रामेछाप घर भई भक्तपुर बस्ने वर्ष १९ को दीपेन्द्र भुजेल र ताप्लेजुङका १९ वर्षे विशेष लिम्बू पक्राउ परेका हुन् । वास्तविक नम्बर बा९७प १३०५ भएको कालो, रातो रङको १५० सिसीको उक्त पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी बा९५प ४१६८ बनाइएको थियो ।