१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १८ सोमबार ०८:०३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिएस ६ सुजुकी एक्सेस १२५ स्कुटर बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १८ सोमबार ०८:०३:००

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता भिजी अटोमोबाइल्स प्रालिले बिएस ६ प्रविधिको सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा भित्र्याएको छ ।  यो स्कुटर भारतीय बजारमा टप ३ मा रहन सफल रहेको जनाइएको छ ।

यो स्कुटर पहिले पनि नेपालमा धेरै मध्यमवर्गबीच र व्यावसायिक प्रयोजनमा निकै रुचाइएको स्कुटरमा पर्छ । एक्सेस स्कुटरमा अगाडि ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट तथा आरामदायी यात्रा हुनुका साथै यसमा अगाडिको भागमा स्टिलको कभर रहेको कम्पनीले जनाएको छ । त्यसैले, यो दैनिक प्रयोजनका लागि निकै नै उपयोगी रहेको तथा मर्मत खर्च पनि अरूभन्दा कम आउने कम्पनीले जनाएको छ । 

सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्डजडित इन्जिन रहेको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात् बिएस ६ प्रविधि जडान गरिएको तथा एफआई प्रविधिसमेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने जनाइएको छ ।

२ भल्बयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपिएममा ८.७ पिएस पावर र ५५०० आरपिएममा १० एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ । यसमा एलइडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुविधा रहेको छ । पुस स्टार्ट र किक स्टार्ट दुवै व्यवस्था रहेको यसमा २२ लिटरबराबरको स्टोरेज क्षमता रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको जनाइएको छ ।