मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १७ आइतबार २०:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दार्चुला घटना : गृहले गठन गर्‍यो छानबिन समिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १७ आइतबार २०:५०:००

दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा एक युवा बेपत्ता भएपछि गृहमन्त्रालयले छानविन समिति गठन गरेको छ।

मन्त्रालयले आइतबार गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सान भट्ट सदस्य छन्।

गृहमन्त्रीस्तरको निर्णयबाट गठित छानबिन समितिलाई १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। शुक्रबार दार्चुलाको मालाघाट र भारतको गस्कुबाट तुइन तर्ने क्रममा एसएसबीले तुइन काट्दा ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए।