१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सांकेतिक तस्बिर
नयाँ पत्रिका काठमाडाैँ
२०७८ श्रावण १७ आइतबार १६:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने तयारीमा सरकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैँ
२०७८ श्रावण १७ आइतबार १६:४३:००

सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार यसको खुलासा गरेको हो ।

थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालमा सो बैंक स्थापना गर्ने तयारी गरिएको महाशाखाले जानकारी गराएको हो । जन्मेदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्य रूपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न सो बैंक स्थापना गर्न लागिएको महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले जानकारी दिए ।

‘कम दूध आउने आमाका शिशुलाई चिकित्सकहरूको सल्लाहमा आमाकै दूधको व्यवस्था गर्न सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने तयारी गरेको हो,’ विश्व स्तनपान सप्ताहको शुभारम्भ कार्यक्रमको अवसरमा आयोजित सो पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘जुन आमाको दूध तत्काल आउँदैैन वा कमी छ, त्यस्ता बच्चालाई सो बैंकमा राखिएको दूधको व्यवस्था गर्नेछौँ । सो बैंक यसै वर्ष काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालमा स्थापना गरिनेछ ।’