१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ श्रावण १७ आइतबार १३:१३:००
Read Time : > 1 मिनेट
विश्व

विवादमा रहेको अल्जाइमरको औषधि प्रयोगमा स्वीकृति

Read Time : > 1 मिनेट
२०७८ श्रावण १७ आइतबार १३:१३:००

बायोजनले उत्पादन गरेको ‘अडुकनुमाब’ नामक औषधि स्वीकृतको विषयलाई लिएर विवादित भइरहेका वेला यो औषधिले अल्जाइमरका बिरामीले प्रयोग गर्न सक्ने गरी अनुमति पाएको छ । अमेरिकी फुड तथा ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले दुई महिनाअघि मात्रै ‘अडुकनुमाब’ प्रयोगका लागि कुनै आधार नभएको दाबीसहित प्रयोग गर्न नहुने भन्दै अस्वीकृत गरेको थियो । यसअघि पनि औषधिले अल्जाइमरका बिरामीमा कुनै प्रभाव नदेखिएको भन्दै विज्ञहरूको प्यानलले औषधि प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेको थिए । तर, ७ जुनमा एफडिएले औषधि प्रयोगमा अनुमति दिएपछि विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यसको आलोचना गरिरहेका छन् । 

अनुसन्धानको क्रममा रोगविरुद्ध प्रभावकारी नदेखिएको औषधिलाई एकाएक प्रयोग गर्न अनुमति दिएपछि एफडिएको विश्वभर विरोध भइरहेको छ । योसँगै औषधिको मूल्यलाई लिएरसमेत आलोचना भइरहेको छ । आलोचकहरूले एफडिएले बायोजन कम्पनीसँगको निकै नजिकको सम्बन्धका कारण औषधिलाई विनाआधार अनुमोदन गरेको आरोपसमेत लागेको छ ।

यस्तो छ एफडिएको दाबी

एफडिएले भने औषधिको प्रभावकारिताबारे अध्ययन गरेर स्वीकृत गरेको जनाएको छ । बायोजनले अल्जाइमरको औषधिमाथि १८ वर्षदेखि अध्ययन गर्दै आइरहेको छ । औषधि स्वीकृतिको निर्णय वैज्ञानिकहरूको निर्णयका आधारमा गरिएको र यसबारे थप अनुसन्धान गरिने एफडिएको भनाइ छ । औषधि स्वीकृतबारे केही वैज्ञानिकले सर्मथन गरे पनि धेरैजसोले मेडिकल क्षेत्रमा ठूलो गल्ती भएको बताएका छन् । उनीहरूका अनुसार, अनुसन्धानबाट पुष्टि नभएका कारण बिरामीमा औषधिको प्रभाव दिमागमा सुजन वा मस्तिष्कमा रक्तस्राव पनि देखिन सक्छ ।

अल्जाइमर रोगका बिरामीको संख्या प्रतिवर्ष बढ्दै गएको तथ्यांकले देखाउँछ । तर, औषधि र उपचार अभावका कारण हरेक चारजनामध्ये एकजनाको मात्र रोग निदान हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर करिब ४४ मिलियन मानिस अल्जाइमर रोग वा डिमेन्सियासम्बन्धी रोगसँग लडिरहेका छन् । अल्जाइमर निकै पुरानो रोग भए पनि औषधिको सीमितताका कारण पूर्ण उपचार भएको पाइँदैन । विश्वभर सबैभन्दा धेरै ५.५ मिलियन अमेरिकी अल्जाइमरको समस्यासँग जुधिरहेको एफडिएले जनाएको छ । 

यो संख्या प्रतिवर्ष बढ्दो छ । अल्जाइमर्स एसोसियसनको तथ्यांकअनुसार अल्जाइमर भएकाहरूमध्ये करिब दुईतिहाइ महिला छन् । अल्जाइमर रोग र डिमेन्सिया पश्चिमी युरोपमा धेरै सामान्य मानिन्छ । ६५ वर्ष उमेरमाथिका समूहमा बढी देखिने यो रोगबाट अफ्रिकी–अमेरिकीहरू बढी प्रभावित छन् ।