१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
बाढीले बगाएको हेलम्बुको चनौटेस्थित रातोपुल
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७८ श्रावण १७ आइतबार ०९:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेलम्चीकाे बाढीले हेलम्बुको रातोपुल बगायो

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७८ श्रावण १७ आइतबार ०९:२४:००

मेलम्चीमा आएको बाढीले हेलम्बुको चनौटेस्थित रातोपुल बगाएको छ । १ असार र त्यसपछि लगातार आएको बाढीबाट सुरक्षित रातोपुल मेलम्ची खोलाको बाढीले आइतबार बिहान आठ बजे बगाएको हो । 

रातोपुल बगाएपछि हेलम्बुको ‘लाइफ लाइन’ नै काटिएको छ । असार १ गतेको बाढीले रातोपुलभन्दा माथि रहेका सबै झोलुंगे र मोटरेबल पुल बगाएको थियो । मेलम्चीसँग हेलम्बुका पाँचवटा वडा जोड्ने रातोपुल बगाएसँगै स्थानीय मारमा परेका छन् । 

‘बर्खाभर पुल बनाउन सक्ने अवस्था छैन । दिनभर हिँडेर नदी वारिपारि जानुपर्ने अवस्था आयो,’ दुःखित हुँदै गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने, ‘हेलम्बु पूरै मेलम्चीबाट कटेको छ ।’ पुल बगाएकोले गाउँपालिका पुगेका टाढाटाढाका मानिस उतै रोकिएका छन् ।

हेलम्बुको माथिल्लो क्षेत्रमा रहेका केही घर पनि बगाएको छ । क्षतिको सम्बन्धमा यथार्थ विवरण पाउन नसकेको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । शेर्माथाङ, मेलम्चीघ्याङ, तार्केघ्याङ, किउललगायतका बस्तीसँगको सम्पर्क टुटेको छ ।

रातोपुल बगाएपछि चनौटेका एक दर्जनजति पक्की घर पनि डुबानमा परेका छन् । चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीआसपासका बस्ती जोखिममा परेका छन् । बाढीकाे चपेटामा परेका यहाँका स्थानीय गाउँ छोडेर सुरक्षित स्थानतर्फ भागेका छन् ।