मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७८ श्रावण १६ शनिबार १९:५२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

२८ करोड लगानीमा धनुषाधाममा जैविक मल उद्योग खुल्ने

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७८ श्रावण १६ शनिबार १९:५२:००

धनुषाको धनुषाधाममा २८ करोड लगानीमा जैविक मल उद्योग सञ्चालन हुने भएको छ । आरोह फर्टिलाइजर प्रालिले धनुषाधाम नगरपालिकामा जैविक मल उद्योग स्थापना गर्न लागेको छ । 

आगामी वैशाखसम्म उत्पादन गर्ने लक्ष्यका साथ जैविक मल उद्योगको शिलान्यास भएको छ । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह र नेपाल सरकारका कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले संयुक्त रूपमा शिलान्यास गरे । 

कार्यक्रममा साहले आरोह फर्टिलाइज प्रालिले स्थापना गर्न लागेको जैविक मल उद्योग प्रदेश २ को मात्र नभई नेपालकै लागि गौरव रहेको बताए । बर्सेनि हुने मल अभावको समस्या समाधान हुने विश्वास उनको छ । साहले भने, ‘नेपाललाई कृषिप्रधान देश भनिन्छ । तर, वास्तवमा यो कृषिप्रधान देश नै होइन, यो त किसानप्रधान देश हो । यहाँ ६० प्रतिशतभन्दा बढी व्यक्तिको आय कृषिमा आधारित छ । तर पनि सरकारको यसमा लगानी छैन ।’ प्रदेश सरकारले प्रदेशलाई व्यवहारमा कृषिप्रधान बनाउन लागेको मन्त्री साहले दाबी गरे । 

कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले ठूलो लगानीमा जैविक मलसम्बन्धी उद्योग सञ्चालन हुनु खुसीको कुरा भएको बताए । 

प्रदेश २ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सम्झना काफ्लेले प्रदेश सरकारले जैविक मल उद्योगमा आवश्यकताअनुसार सहयोग गर्ने बताइन् । 

अमेरिकाको वाइमिक्स कम्पनी र भारतको ह्वाइसोड ब्योनेट कम्पनीको प्रविधिक सहयोगमा तयार हुने जैविक मलले खेतको उर्भराशक्ति बढाउनुको साथै माटोमा रहेको विषादीलाईसमेत हटाउने आरोह फर्टिलाइजर प्रालिका अध्यक्ष शैलेन्द्रशमशेर राणाले बताए । ‘नेपालमा वार्षिक साढे सात लाख मेट्रिक टन जैविक मलको आवश्यकता छ’ उनले भने ‘हामी तत्काल वार्षिक रूपमा सातदेखि आठ सय मेट्रिक टन उत्पादन गर्ने योजनामा छौँ । संघीय र प्रदेश सरकारबाट सहयोग भएको खण्डमा उत्पदान बढाउँछौँ ।’