मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १६ शनिबार १५:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अखिल फोर्सलाई माधव नेपालको सुझाब : यसको नामै फेर्नुस् !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १६ शनिबार १५:२७:००

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा आबद्ध विद्यार्थीलाई अखिल फोर्सको नाम परिर्वतन गर्न सुझाब दिएका छन् । परिवर्तित अवस्थालाई मनन गर्दै नाम फेर्ने विषयमा विमर्श गर्न नेता नेपालले शनिबार आयोजित भेलामा विद्यार्थीलाई सुझाब दिएका हुन् ।

‘यो फोर्स भन्दाखेरि कतिपय मान्छेलाई पर्छ, कतै यसले मुड्की हेर्काउने त होइन ? बंगारा भत्काउने त होइन भन्ने डर पनि हुँदोरहेछ । त्यसकारण, अहिले अवस्था फेरिएको छ भने यो फोर्सको नाम फेरेर तपाईंले भोलन्टियर्स भन्दिएर हुन्छ कि, स्वयंसेवक भन्दिएर हुन्छ कि । यसमा गहन चिन्तन गर्नुस्’, अखिल फोर्सको भेलामा नेपालले भने, ‘एउटाले यस्तो बनायो, हामी पनि के कम ? एउटाले आँखा तर्‍यो हामी पनि के कम ? तर्सेर मैदान छाडेर भाग्ने नै भन्ने त हुँदैन । तर, हामीले निहुँ खोज्ने, बिचक्याउने काम गर्नुहुन्‍न । गलत कुराको सामना गर्ने आँट गर्नुपर्छ, तर सही तरिकाबाट अगाडि बढ्नुपर्छ ।’

नेता नेपालले महाकाली नदी तर्ने क्रममा तुइन काटेर नेपाली युवाको ज्यान जाने घटनामा संलग्न सुरक्षाकर्मीलाई तत्काल कारबाही गर्न भारत सरकारको ध्यानाकर्षण पनि गराए । ‘त्यो घटनामा जुन किसिमको अमानवीयता देखियो भन्ने सूचना आएको छ, त्यसको छानबिन गरियोस्, यदि तिनीहरूको बदमासीले वा लापरबाहीले होस्, जुनसुकै कारणले भए पनि एउटा नेपाली युवा पानीमा बेपत्ता भएको घटना सुन्नमा आएको छ । त्यस्तालाई दण्डित गर्ने काममा भारत सरकारको म ध्यानाकर्षण गराउन चाहन्छु र नेपाल सरकारलाई पनि त्यसका लागि ध्यानाकर्षण गराउँछु’, नेपालले भने ।