मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवदीप अजनवी नुवाकोट
२०७८ श्रावण १६ शनिबार १०:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विदुरमा पुनः सडक अवरुद्व

Read Time : < 1 मिनेट
२०७८ श्रावण १६ शनिबार १०:३३:००

पासाङल्हामु मार्गको विदुर–बट्टार खण्डमा पर्ने मैथली व्यारेक खोल्सामा पुनः सडक भासिएपछि यातायात अवरुद्व भएको छ । गएरातीको भीषण वर्षाको कारण सडक भासिएको हो । 

गत बुधबार राती भीषण वर्षाको कारण भासिएको सडकलाई गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक योजनाले खोल्सामा ह्युम पाइप हालेर माटो भरेर अस्थायी रुपमा बिहीबार साँझबाट सञ्चालन गरेको एकतर्फी सडक गएरातीको भीषण वर्षाको कारण पुन भासिएको हो ।

पैदलमात्र हिड्न सकिने गरी सडक भासिएपछि यातायात भने पूर्ण रुपमा अवरुद्व भएको छ । भासिएको सडकलाई पुनः मर्मत गरी साँझसम्म सञ्चालन अस्थायी रुपमा सञ्चालन गर्न सकिने सडक योजनाका प्रमुख नारायण दत्त भण्डारीले जानकारी दिए । 

तीन दिनअघि सडक भासिँदा खोल्सामा एक लाइनमात्र ह्युमपाइप राख्दा नधानेकोले अब दुई लाइन ह्युम पाइप राखेर सडक सञ्चालन गरिने तयारी भएको सडक योजनाले जनाएको छ ।